शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित « Eglish Khabarhub

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । इन्स्योरेन्सलाई युरो ५० हजार नगदसहित सम्मान गरिएकाे हाे ।

विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जिवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सेलेन्स अवार्ड’ प्रदान गरिएको हो ।

इन्स्योरेन्सलाई सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान, समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव र सामाजिक नैतिक तथा कानुनी रुपमा उत्तरदायीपूर्ण व्यवसायिक व्यवहार गरेको भन्दै अवार्ड दिइएको बताइएको छ ।

इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

शिखर इन्स्योरेन्सले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पु¥याउँदै आइरहेको छ ।

Publish on: