![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । यो दिनको कारोबारमा बजारमा निकै उतार चढाब देखिएको छ ।
बजार मापन गर्ने सूचक २०.६४ अंकले बढेर परिसूचक २९४७.३८ बिन्दुमा रोकिएको छ ।
२२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको १९.४६, जलविद्युत ५५.९४, जीवन बीमा ८०.२७, उत्पादन तथा प्रशोधन ९९.३२, निर्जीबन बीमा ५०.४१ र अन्य समूहको परिसूचकमा २३.८६ अंकको सुधार देखिएको छ ।
कारोबारमा विकास बैंक २३.३३, माइक्रोफाइनान्स समूहको उपसूचकमा ६.५४ अंकको गिरावट आएको छ । बजारमा सुधार आउँदा मध्ये भोटेकोशी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिनको कारोबारमा गुमाउने भन्दा कमाउनृे कम्पनी धेरै रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/01/stockkkkk.jpg)
SHARE YOUR THOUGHTS