नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ जरीवाना « Eglish Khabarhub

नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ जरीवाना



all logos final

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गरेको छ ।

समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत काम गरेको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई २० हजार रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो ।

समितिले कम्पनीका अमित कुमार कयाललाई योग्यता नपुगी सहायक महाप्रवन्धकमा नियुक्ति गरेको आरोपमा दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।

नेपाल लाइफले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका व्यक्तिलाई महाप्रबन्धकमा नियुक्त गरेको भन्दै कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको समितिले बताएको छ ।

बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरीत कम्पनीले काम गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति÷उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेको समितिको भनाइ छ ।

कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने निर्णय गरेको समितिले गरेको हो ।

Publish on: