
काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
समितिले इन्स्योरेन्सलाई बीमितको हित विपरीत नक्कली बीमालेख जारी गरेको र तलब भत्ता नै निर्धारण नगरी ठूलो रकम खर्च गरेको आरोपमा जरिवाना गरेको हो ।
समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण इन्स्योरेन्सलाई दश हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ ।
यस्तै, समितिले स्थलगत निरीक्षण हुँदा कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको आरोपमा १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
बीमितको हित विपरीत नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरिएको हो ।
SHARE YOUR THOUGHTS