१ करोडको जागिर छाडेर १० हजार तलबमा व्यवसाय शुरु गरेकी विनिताले बनाइन् ३० अर्बको कम्पनी « Eglish Khabarhub

१ करोडको जागिर छाडेर १० हजार तलबमा व्यवसाय शुरु गरेकी विनिताले बनाइन् ३० अर्बको कम्पनी


१७ माघ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

‘मलाई नयाँ काम गर्नका लागि डर लाग्थ्यो । किनभने मलाई असफलतासँग डर लाग्थ्यो र नयाँ काममा असफल हुने सम्भावना धेरै थियो । तर मलाई यो पनि थाहा थियो कि एक दिन यस्तो आउने छ र जब म असफल हुनेछु । यही चूनौती स्वीकार गर्दै मैले १ करोड भारुको प्याकेज भएको आकर्षक जागिर छाडेर मासिक १० हजार भारु आम्दानी हुने आफ्नै व्यवसाय शुरु गरे ।’

शुरुवाती दिनमा म लगानीकर्ता खोजी गर्दै कैयन ठाउँमा पुगे । व्यवसायको आइडिया सुनाएँ, तर जवाफमा निराशा मात्रै हात लाग्थ्यो ।
उनीहरु भन्थे, ‘हामी तिम्रो कम्पनीमा किन लगानी गर्ने ? तिमीसँग ब्राण्ड बनाउने अनुभव पनि त छैन ।’

यो कथा हो, भारतीय कम्पनी सुगर कस्मेटिककी संस्थापक तथा सीइओ विनिता सिंहको ।

जसले वार्षिक १ करोड भारुको भीआइपी जागिर छाडेर मासिक १० हजार रुपैयाँ मासिक तलबमा काम गर्दै ३ हजार करोड भारुको कम्पनी बनाइन् ।

हालसालै भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण भइरहेको ‘द सार्क ट्यांक इन्डिया’मा सार्कका रुपमा करोडौं व्यक्तिको टेलिभिजन र मोबाइलमा पुगेपछि उनको चर्चाको ग्राफ पनि उसैगरी बढेको छ । उनको सर्वत्र प्रशंसा भइरहेको छ ।

उनको एउटै मन्त्र छ, ‘बिजनेश बनाउन गाह्रो छ तर असम्भव छैन ।’

उनका आमा र बुबा दुबै पीएचडी डाक्टर । बुबा र आमाको एउटा लक्ष्यमा काम गरिरहेका थिए । विश्वमा सबैभन्दा धेरै प्रोटिनको खोज गर्नुछ ताकी धेरैभन्दा धेरै औषधि बनाउन सकियोस र कैयन रोगहरुको उपचार गर्न सकियोस् ।

बुबाको त्यो लक्ष्यलाई विनिताले पनि लक्ष्य बनाइन् । अर्थात् ब्राण्ड भारतमा मात्रै होइन विश्वमै स्थापित बनाउँछु भन्ने मनमा अठोट लिइन् ।

पढाइमा सानैदेखि अब्बल उनले गुजरातमा प्रारम्भिक शिक्षा पूरा गरिन् । त्यसपछि उनी बुबा र आमासँग दिल्ली पुगिन् । त्यहाँ उनले सन् १९८७ देखि २००१सम्ममा दिल्ली पब्लिक स्कुल आर के पुरनमा बाँकी विद्यालयको अध्ययन पूरा गरिन् । त्यसपछि उनी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रास र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अहमदाबादमा पनि अध्ययन गरिन् । उनले बीटेक र एमबीए अध्ययन पूरा गरेकी छन् ।

उनले दिल्लीमै रहँदा तत्कालीन समयमा साथीसँग मिलेर शुरु गरेको म्याग्जिन बिक्री गर्न घरघरमा पुगेर ३ रुपैयाँमा बिक्री गर्न थालिन् । तर ३ रुपैयाँमा पनि म्याग्जिन बिक्री गर्न निकै गाह्रो थियो । यसले उनलाई आगामी दिनमा लिइने निर्णयमा पाठ बन्यो ।

औपचारिक शिक्षा पूरा गरेपछि उनले जागिरका लागि आवेदन दिइन् । जहाँ उनले वार्षिक १ करोड भारुको प्याकेज पाइन् । तर उनी त्यतिमा मात्रै सन्तुष्ट भइनन् । २३ वर्षको उमेरमा उनले निरन्तरतामा क्रमभंगता गर्दै सहज बाटो छाडेर अप्ठ्यारो बाटो हिँड्ने निधो गरिन् ।

उनले आइआईटीमा पढाइको दौरानमै आफ्नै व्यवसाय गर्ने सोच बनाएकी थिइन् । तर कुन व्यवासय भन्ने मनमा थिएन । उनले एमबीए गर्दै गर्दा उद्यमी कसरी बन्ने भन्ने केही ज्ञान प्राप्त गरिन ।

२३ वर्षको उमेरमा आकर्षक तलब भएको जागिर छाडेर उनी आफ्नै कम्पनी शुरु गर्ने निधो गरिन् । र, उनी बम्बई पुगिन ।

त्यहाँ उनी सामान्य घरमा बस्न थालिन् । मनग्ने खर्च गर्नका लागि बजेट कम थियो । अवस्था यस्तो पनि आयो कि उनलाई फेरि जागिर शुरु गर्ने हो भने समस्या त हुँदैनथ्यो भन्ने भयो । यसबीच उनले शुरु गरेको भेञ्चर कम्पनीले पनि खासै प्रगति गर्न सकिने ।

उनीहरुको पहिलो योजना थियो कि महिलाका भित्री वस्त्र उत्पादन गर्ने र त्यसलाई वर्ल्ड क्लास ब्राण्ड बनाउने । यसका लागि उनले लगानीकर्ताकहाँ पुगिन् । जहाँ जहाँ पुगिन् त्यहाँबाट उनलाई अस्वीकार मात्रै हात लाग्यो ।

यसबीचमा उनले फ्याब ब्याग कम्पपनीमा जोडिइन् । उनले यसबीच कैयन रिसर्च पनि गरिन् । जसबाट उनले भारतमा अझै पनि गुणस्तरीय ब्यूटी प्रडक्टको अभाव भएको पत्ता लगाइन् र यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने ठानिन् । र, जन्माइन ‘सुगर कस्मेटिक’ ।

यद्यपि उनी आफ्नो लक्ष्यबाट डगमगाइनन् बरु लड्ने अठोट गरिन् । तर अर्को समस्या निस्कियो । उपभोक्ताले पनि तिम्रो ब्राण्ड नै किन किन्ने ? भन्ने प्रश्न तेर्साए । तै पनि व्यवसाय धिमा गतिमा भने चलिरहेकै थियो ।

कम्पनी सञ्चालन भएको ५ वर्षपछि वार्षिक ३/४ करोडको व्यापार गर्ने हैसियत त बन्यो तर अपेक्षाकृत ब्राण्डले सफलता पाएन् । अर्थात् अन्तर्राष्ट्रिय बजारमा धमाका दिने खालको भएन ।

त्यसपछि उनले सन् २०१२ मा उनले श्रीमानसँग मिलेर ई–कमर्श कम्पनी शुरुवात गरिन । जहाँ उनीहरुले ब्यूटी प्रडक्ट बिक्री गर्ने योजना बनाए ।
तत्कालीन समयमा ठूला भनिएका ब्राण्डहरु धनी महिलाका लागि मात्रै लक्षित गरेर बनाउँदै आएका थिए र त्यस्ता कम्पनीहरु ई–कमर्शमा अभ्यस्त भइसकेकका पनि थिएनन् ।

यही ग्यापलाई हेर्दै उनीहरुले सुगर कस्मेटिकका नामबाट ब्यूटी प्रडक्ट उत्पादन शुरु गरे । यो अन्य ब्राण्डभन्दा केही कुरामा फरक थियो । गुणस्तरमा अब्बल थियो, सबै खाले महिलाका लागि लक्षित थियो ।

ई–कमर्श व्यवसायमा देखिएको ग्यापमा सुगर कस्मेटिकले पूरा गर्यो । र, कम्पनी रातारात लोकप्रिय बन्दै गयो ।

आजका दिनमा कम्पनीको भ्यालुएसन ३ हजार करोड भारु बराबरको पुगेको छ ।

‘अरुलाई लाग्न सक्छ, सुगर कस्मेटिक निकै छिटो लोकप्रिय भयो, तर त्यस्तो होइन,’ उनी भन्छिन्, ‘कम्पनीलाई आजका दिनमा ल्याउनका लागि निकै ठूलो समय र मिहेनत खर्चिएको छ ।’

आज उनको कम्पनीमा १५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमा ७५ प्रतिशत महिला कर्मचारी छन् । कम्पनीसँगै उनले २ जना सन्तान पनि हुकाइन् ।

‘म जब यो म्याराथुन दौड दौडन शुरु गरेकी थिए तब म ६ महिनाकी गर्भवती थिए, यस्तो अवस्थामा मलाई कम्पनी सञ्चालन गर्दै सन्तान हुर्काउनु आफैमा निकै चूनौतीपूर्ण थियो, तर म कत्ति पनि बिचलित भइन्,’ उनी भन्छिन् ।

आज उनको कम्पनीले लिपस्टिक, आइलाइनर, स्किन केयर, फेस मेकअप लगायतका कैयन प्रडक्ट छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ००:००  १२ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping