भारतसँगको निर्भरताले मात्रै नपुग्ने, तेस्रो मुलुकमा निर्यात नहुँदा महासंघ चिन्तित « Eglish Khabarhub

भारतसँगको निर्भरताले मात्रै नपुग्ने, तेस्रो मुलुकमा निर्यात नहुँदा महासंघ चिन्तित


१७ माघ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । निर्यात व्यवसायी महासंघले अपेक्षाकृत रुपमा तेस्रो मुलुकमा हुने निर्यात बढ्न सकेको प्रति चिन्ता व्यक्त गरेको छ ।

निर्यात व्यवसाय भारतसँगको अत्यधिक निर्भरता तुलनात्मक रुपमा कम गर्न तेस्रो मुलुकमा निर्यात बृद्धि गराउन आवश्यक रहेको महासंघको ठहर छ । यसको लागि महासंघले पनि काम गर्ने भएको छ ।

महासंघका अनुसार आर्थिक वर्ष २०७८/७९ को छ महिनाको अवधिमा नेपालको कुल निकासी ९५.५ प्रतिशतले वृद्धि भई १ खर्ब १८ अर्ब ८५ करोड तथा कुल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

आव २०७७/७८ को छ महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.९ रहेकोमा आ.व. २०७८/७९ को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः८.४ रहेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७१.५९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा बढेर ८१.२४ प्रतिशत पुगेको छ । नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भई रहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो ।

महासंघका अनुसार उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानिय तहहरुमा ऊन मिशन कार्यक्रम मार्फत भेडा र च्याङग्रा पालनका लागि प्रोत्साहन गर्ने काम भएको छ । गण्डकी तथा कर्णाली प्रदेशका हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने र हिमाली क्षेत्रमा मासु उद्योग संचालन गरी निर्यातलाई प्रोत्साहन गर्ने काम पनि भइरहेको छ ।

काठमाडौं उपत्यका भित्र सरकार र निर्यात व्यवसायी महासंघ नेपालको साँझेदारीमा अन्तराष्ट्रिय प्रर्दशनी केन्द्र निर्माण गर्ने कार्य पनि जारी रहेको छ । अघिल्लो वर्षको भन्दा थप परिणाम र मुल्यको वस्तु निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गरिने र निर्यात अनुदानलाई उत्पादकको तहसम्म पुर्याउने काम भइरहेको छ ।

यस्तै च्याङग्रा पश्मिना, फेल्ट, नेपाल हब्र्स, एभरेष्ट बिग कार्डमम, नेपाल टी, हिमालयन नेपलिज कार्पेट, नेपाल कफि लगायत सामुहिक ट्रेडमार्कको अन्तराष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने, सामुहिक ट्रेडमार्क नविकरण दस्तुर नेपाल सरकारले व्यहोर्ने, अगार्निक प्रमाणिकरणका लागि लाग्ने शुल्क छुट दिने काम पनि भएको छ ।

आर्थिक बर्ष २०७७÷७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाख रुपैयाँ देखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र बार्षिक ५० लाख देखि १ करोड सम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था रहेको छ ।

स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था रहेको छ ।

परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघ नेपालको समन्वयमा नेपालको निर्यात व्यवसायलाई अभिबृद्धि गरि व्यापार घाटा कम गर्ने, सरोकारवालाहरु बिच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने र आर्थिक कूटनीति सम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउने उद्देश्यले साउन २७ देखि २९ गतेसम्म विदेशस्थित नेपाली महामहिम राजदुत, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरु, निर्यात व्यवसायी महासंघ नेपाल र नेपाली निर्यातकर्ताहरू बिच भर्चुअल अन्तरकृया कार्यक्रमको आयोजना समेत गरेको छ ।

महासंघ स्थापनासँगै मुलुकमा कोभिड संकट सुरु भए पनि कोरोना प्रभावित निकासी जगत र समग्र निजी क्षेत्रका लागि हाम्रो प्रयासले पुनकर्जा सुविधा, व्यवसाय सञ्चालनका लागि ग्लोबल आइएमई बैकसँग सम्झौता गरी आधार दरमा ०.५० प्रतिशत थप गरी निर्यात व्यवसायी महासंघ नेपालका सदस्यहरुलाई कर्जा सुविधा लगायतका काम गरेको महासंघका अध्यक्ष रामबहादुर गुरुङले बताए ।

१ अर्ब भन्दा बढी निकासी भएका केही वस्तुहरुलाई सरकारबाट कुनै सहुलियत प्रदान नगरिएको भन्दै राज्यको प्राथमिकतामा नपरेका वस्तुहरुले निर्यातमा भूमिका खेलेको र ती वस्तुहरु नेपाली कच्चा पदार्थमा आधारित रहेको महासंघको भनाइ छ । रेशाजन्य उत्पादनबाट निर्मित वस्तुहरु, पिना, आर्युवेदिक औषधिय वनस्पति, सुगन्धित तेलहरु, चिउरा, नेपाली सेरामिक उत्पादन, अगरबत्ती, धुप, सेनिटरी प्याड, काठजन्य उत्पादनहरु, नक्कली कपाल, काँचका उत्पादन, छालाजन्य उत्पादन, भेटनरी भ्याक्सीन, शिरपोष, जस्ता वस्तुहरुले निर्यात बढाइरहेका छन् । यस्ता उत्पादनको अनुसन्धान गरि उत्पादन बृद्धिमा जोड दिन महासंघले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ००:००  १२ : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping