![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Screen-Shot-2022-02-04-at-15.03.07-768x340.png)
काठमाडौं । सिजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् ।
यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।
सिजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।
सिजी नेटले हाल ९ सय ९९ रुपैयाँ प्रतिमहिनामा १२० एमविपिएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैया प्रतिमहिनामा ४० एमविपिएसको सुपरसस्तो प्याकेज प्रदान गर्दै आएको छ ।
न्युन शुल्कमा गुणस्तरीय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफुहरु रहेको कम्पनीले बताएको छ । सिजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको छ ।
SHARE YOUR THOUGHTS