![](https://internal.appharu.com/wp-content/uploads/2017/05/Election.jpg)
काठमाडौँ । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधी आगामी जेठ ५ गते समाप्त हुने भएकाले उक्त समय भन्दा अगाडी नै स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो ।
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा र कानून मन्त्री दिलेन्द्र बडुले निर्वाचन आयोगसँगको परामर्शमा बैशाख ३० गते निर्वाचनको मिति तोक्ने तय गरेको थियो ।
आइतबार सत्तापक्षका नेताहरुको प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छफफलमा पनि स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सहमती बनेको थियो ।
SHARE YOUR THOUGHTS