![](https://internal.appharu.com/wp-content/uploads/2021/09/ipo-1-768x512.jpg)
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
जसमा ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर ७ लाख ९४ हजार ५ सय कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
आइपीओ फागुन ४ देखि ८ गतेसम्म निष्काशन हुनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटलले रहेको छ ।
आइपीओमा सी-आश्वा सदस्य रहेका बैैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई डबल बी रेटिङ दिएको छ ।
SHARE YOUR THOUGHTS