![](https://internal.appharu.com/wp-content/uploads/2022/02/jalpa-laghubitta.jpg)
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
मंगलबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ । आइपीओमा माग भन्दा ५६.१८ गुणा बढी आवेदन परेका कारण आजबाट निष्काशन बन्द हुने छ । जाल्पामा २ अर्ब ७४ करोड १२ लाख ९१ हजार रुपैयाँको आवेदन परिसकेको छ ।
यस कम्पनीले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँको आइपीओ निष्काशन गरेको हो । जसमा ८ हजार कित्ता कर्मचारी, २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोष र सर्वसाधारणको लागि ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट अवोदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS