![](https://internal.appharu.com/wp-content/uploads/2021/07/sebon-nepal-768x433.jpg)
काठमाडौं । सूचीकृत संगठित संस्थाले वातावरणीय प्रभावको मूल्याङकन (इआईए) र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने भएको छ ।
सरकारले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेसँगै कम्पनीहरुले वातावरणीय प्रभावको मूल्याङकन र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरीका अनुसार कुनै पनि सूचीकृत कम्पनीले लगानी बिस्तार गर्ने क्रममा, कुनै पनि आयोजना निर्माण गर्ने क्रममा त्यसले पार्ने वातावरणीय प्रभावको मूल्याङकन र सामाजिक सुशासनको रिपोर्टिङ गर्नुपर्ने छ ।
बोर्डका प्रवक्ता समेत रहेको गिरीका अनुसार अबको दिनमा कुनै पनि सूचीकृत कम्पनीले आफ्नो व्यवसाय बिस्तारको क्रममा वातावरणमा कस्तो प्रभाव पार्छ भनेर देखाउनु पर्नेछ ।
यसअघि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा यो व्यवस्था गरिएको थिएन । अहिले भएको पाँचौ संशोधनमा यो व्यवस्था गरिएको गिरीले बताए । पछिल्लो समयमा नेपाल राष्ट्र बैंक र बीमा समितिले समेत अध्ययन गरिरहेको छन् ।
SHARE YOUR THOUGHTS