काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छानिएका ५ जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता फागुनमा हुने भएको छ ।
अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सूचना निकाल्दै ५ जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता फागुन १ गते दुई चरणमा गर्ने भएको छ ।
समितिले १५ जनाबाट ५ जनाको नाम छनोट गरेको छ । जसमा टोखा–६ काठमाडौंका कृष्णराज पोखरेल, तेह्रथुमका खगेन्द्र कटुवाल, धनगढी–५ कैलालीका डा.गोपालप्रसाद भट्ट, काठमाडौंका निरज गिरी र भैसेपाटी ललितपुरका डा. रमेशकुमार हमाल रहेका छन् ।
समितिका अनुसार फागुन १ गते १ बजेसम्म पोखरेल, कटुवाल र भट्ट र ४ बजेसम्म गिरी र हमालको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ । बोर्डको अध्यक्ष हुनेले अब करिब २ वर्ष काम गर्न पाउने छ ।
SHARE YOUR THOUGHTS