![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Prabhu-capital-768x432.png)
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । यसका लागि बुधबार सम्झौता भएको छ ।
सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कम्पनीले हाल कायम जारी पूँजी रु. २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि १ करोड ९९ लाख रुपैयाँ बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
SHARE YOUR THOUGHTS