![](https://internal.appharu.com/wp-content/uploads/2022/02/nepse-ceo-768x512.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णबहादुर कार्कीले मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार गर्ने बताएका छन् ।
बुधबार पद तथा गोपनीयताको शपत ग्रहण गर्दै उनले यस्तो बताएका हु्न् । उनले सरकार, धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायत सरोकारवालासँग कार्यशील सम्बन्ध बनाएर अघि बढ्ने दाबी गरेका छन् ।
साथै सीइओ कार्कीले नेप्सेका कर्मचारीको हित प्रवद्र्धन गर्ने सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
SHARE YOUR THOUGHTS