![](https://internal.appharu.com/wp-content/uploads/2022/01/bank-photo-768x576.jpg)
काठमाडौं । फागुनदेख बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको संघको बैठकले व्यक्तिगत तर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।
बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।
बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/nba-sms-clickmandu-768x295.png)
SHARE YOUR THOUGHTS