एनसेलले घटायो सबै लोकल कलको महशुल दर « Eglish Khabarhub

एनसेलले घटायो सबै लोकल कलको महशुल दर



काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १.९९ रुपैयाँ प्रतिमिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । 

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन-नेट र अफ-नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ ।

Publish on: