![](https://internal.appharu.com/wp-content/uploads/2022/02/Screen-Shot-2022-02-13-at-11.13.07-768x376.png)
काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बीम सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले ‘पठाओ इन्स्योरेन्स हेल्पलाइन’ शुरु गरेको छ ।
हेल्पलाइनमा हप्ताको सातै दिन, २४सै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बीमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१(५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछि बिभागिय विशेषज्ञले आवश्यक परामर्श दिनेछन् ।
नेपालमै पहिलोपटक ‘राइड सेयरिङ बीमा’ शुरु गरेको पठाओले दुर्घटना उपचार बीमा १ लाख श्रपैयाँसम्म र मृत्यु वा अङ्ग-भंग भएमा १० लाख रुपैयाँसम्मको बीमा उपलब्ध गराएको छ ।
पठाओको राइड सेयरिङ बीमाबारे थप जानकारी पठाओको वेबसाइटमा हेर्न सकिनेछ ।
SHARE YOUR THOUGHTS