काठमाडौं । वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म दिने भएपछि सेयर बजारमा सतकको गिरावट आएको छ ।
बैंकले फागुनको लागि ब्याजदर बढाएपछि बजारमा भारी गिरावट आएको हो । साता तथा फागुन महिनाको पहिलो दिन नै बजारमा शतकको गिरावट देखिएको हो ।
यो दिनको कारोबारमा लगानीकर्ता निकै प्यानिक बनेका छन् । बजार मापन गर्ने सूचकमा सतकको गिरावट आएपछि लगानीकर्ता निकै प्यानिक बनेका हुन् । नेप्से मापन गर्ने सूचक १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घटेर ५११.६६ बिन्दुमा रोकिएको छ । आइतबार २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा पहिरो गएको छ । बैंकिङ ४२.६६, विकास बैंक २०६.६६, जलविद्युत ११२.१४, निर्जीबन बीमा ५५२.५४, उत्पादन तथा प्रशोधन ३३५.७१, माइक्रोफाइनान्स १८६.३६, जीवन बीमा समूहको उपसूचकमा ६०४.८८ बिन्दुमा रोकिएको छ ।
SHARE YOUR THOUGHTS