![](https://internal.appharu.com/wp-content/uploads/2022/02/jalpa-laghubitta.jpg)
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको (साधारणा सेयर) आइपीओ बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएका मध्ये ४८ हजार ७९० जना अवोदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले माघ २१ देखि २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेकोमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणलाई ४ लाख ८७ हजार ९०० कित्ता निष्काशन गरेको थियो ।
आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS