सूर्या लाइफको न्यूनतम बीमाशुल्कमै बीमा गर्न सकिने ‘सूर्या सुरक्षा कवज’ योजना सार्वजनिक « Eglish Khabarhub

सूर्या लाइफको न्यूनतम बीमाशुल्कमै बीमा गर्न सकिने ‘सूर्या सुरक्षा कवज’ योजना सार्वजनिक


१६ फाल्गुन २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको छ ।

सोमबारदेखि लागू हुने गरी न्यूनतम प्रमियममै बीमा गर्न सकिने योजना ल्याएको हो ।

योजना अनुसार १८ वर्ष उमेर समूहका व्यक्तिले १ करोड रुपैयाँको बीमाङ्कमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँ तिरे पुग्ने कम्पनीको भनाइ छ ।

साथै, १८ देखि ६५ वर्ष उमेरका नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याइएको कम्पनीको दाबी छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाखदेखि आय स्रोतका आधारमा जति पनि गर्न सकिनेछ ।

जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्चसहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ ।

साथै, १ देखि ३० वर्षसम्म बीमा अवधि भएको यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था गरिएको छ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कालो जानकारी दिए । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ००:००  ८ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping