
काठमाडौं । प्रतिनिधिसभाले फागुन १५ गते अनुमोदन गरेको एमसीसी सम्झौतालाई अमेरिकाले स्वीकार गरेको छ ।
एमसीसीले आफ्नो वेवसाइटमा आज प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) र नेपाल सरकारबीच ५० करोड डलरको कम्प्याक्टलाई फागुन १५ मा अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गर्दछ ।’
गत आइतबार प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।
सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा कम्प्याक्ट अनुमोदन गर्ने अधिकार नेपाल सरकारसँग रहेको पनि एमसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभाले कम्प्याक्ट अनुमोदन गरेलगत्तै नेपालस्थित अमेरिकी राजदूतावासले समेत ससंदको निर्णयको स्वागत गरेको थियो ।
नेपालको संसद गरेको निर्णय एमसीसीले स्वीकार गर्नुको अर्थ प्रतिनिधिसभाले पारित गरेको व्याख्यात्मक टिप्पणीलाई समेत स्वीकार गरेको रुपमा बुभ्mनुपर्ने अधिवक्ता लोकहरि पौडेल बताउँछन् ।
कम्प्याक्ट अनुमोदनले नेपालमा प्रसारणलाइन र सडक पूर्वाधार निमार्णको कार्य अघि बढ्ने एमसीसीको भनाइ छ ।
SHARE YOUR THOUGHTS