सेयर बजार स्थिर, कारोबार रकम घट्दै « Eglish Khabarhub

सेयर बजार स्थिर, कारोबार रकम घट्दै



काठमाडौं । सोमबार सेयर बजार स्थिर देखिएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ ।

बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २५४४.९३ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा रकम भने निकै न्यून बनेको छ । इन्ट्रा डे कारोबारमा २५६५.४४ बिन्दुसम्म पुगेको बजार २५३९.६८ बिन्दुमा पुगेको बजार पुन सम्हालिएको थियो । केही सम्हालिँए पनि बजारमा धेरै सुधार भने देखिएन । २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा केही समूहको उपसूचकमा सुधार देखिएको छ भने केहीमा असर पनि देखिएको छ । बैंकिङ समूहको ६.४०, होटल तथा टुरिजम १४.१८, उत्पादन तथा प्रशोधन ८७.६३, निर्जीबन बीमा ९.८८, अन्य समूहको उपसूचक ३५.५० अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स ४.५७, टे«डिङ १५.७४, जीवन बीमा १५०.३२, जलविद्युत ३१.९९, वित्त २८.२४, विकास बैंक समूहको उपसूचक २१.४६ अंकले घटेको छ ।

बजारमा स्थिर बन्दा पाँचथर पावर कम्पनी, पन्चकन्या माई हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् भने बुद्धभुमी नेपाल हाईड्रोपावर, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् ।

Publish on: