![](https://internal.appharu.com/wp-content/uploads/2022/03/Banijya-768x432.jpg)
काठमाडौं । सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।
महासंघका प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठसँग भेटगरी प्रष्ट नीति बनाउन आग्रह गरेको हो ।
सुनचाँदी व्यवसाय र कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न व्यवसायीहरु तयार रहेको बताए ।
‘आफुहरुले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको सम्बोधन हुन सकेको छैन,’ उनले भने ।
सुनचाँदी ब्यवसायीसँगको भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । यसका लागि विभिन्न सरकारी निकायमसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाएको महासंघले जनाएको छ ।
भेटकाक्रममा व्यवासायीहरुले सुनचाँदी व्यवसायीले भोग्दै आउनुपरेका समस्याहरूका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अप्रष्टता देखिएको छ । जसकाकारण व्यवसायीहरु बारम्बार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र व्यवसायीबीच सिघ्र नीति निर्माणगरी लागु गर्ने सहमति धेरै वर्ष अगाडि भएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।
SHARE YOUR THOUGHTS