काठमाडौं । फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्वाधिक मुल्यवान टायर ब्रान्ड बनेको छ । ब्रान्ड भ्यलुएसनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समा मिसिलिनले ८५.८ अंक प्राप्त गर्दै उक्त स्थान हाँसिल गरेको बताइएका छ ।
सन् २०१८ देखी निरन्तर मूल्यवान टायर ब्रान्डको ताज कायमै राख्न सफल यो ब्रान्डको मूल्य यो बर्ष बढेर ७ हजार ७ सय ३६ मिलियन डलर पुगेको छ । अघिल्लो बर्ष उक्त मूल्य ६ हजार ८ सय ४८ मिलियन डलर रहेको थियो । मूल्यवान ब्रान्डको सूचीमा पहिलो स्थान ओगटेको मिसिलिनलाई अर्को जापनिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ । ब्रिजस्टोन बिगत ५ बर्षयता सूचीको दोस्रो स्थानमा रहँदै आएको छ ।
मिसिलिनले अघिल्लो बर्ष अर्थात सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्बाधिक बिक्री हुने ब्रान्डमा समेत कब्जा जमाएको छ । बिक्रीमा पनि उसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थान ओगटेको छ । कोरोना महामारीका कारण निम्तिएको अनुकुल परिश्थितीका बावजुत पनि मिसिलिनले अघिल्लो बर्ष बिक्री बढाएर अग्र स्थानमा आएका कारण अबको केही बर्ष बिक्रीमा पनि यसले बजारको नेतृत्व कायमै राख्ने अनुमान गरिएको कम्पनीको भनाइ छ ।
अत्याधुनिक प्रबिधीको प्रयोग गरी उत्पादन हुने कारण मिसिलिनले बिश्व बजारमा एक प्रिमियम र उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचान बनाइरहेको छ । विश्वका अधिकांश प्रिमियम ब्रान्डका सवारीसाधनमा ओई फिटमेन्ट भएर आउने मिसिलिनलाई सर्बाधिक इन्धन किफायती टायरका रुपमा समेत लिने गरिन्छ । बिश्वमा यसको ९ वटा आर एन्ड डी सेन्टर रहेको छ भने २६ राष्ट्रमा ११७ वटा उत्पादन युनिट र १७० भन्दा बढी देशमा कारोबार भइरहेको छ ।
यसले मोटोजीपी रेसलाई विशेष प्रकारको टायर सप्लाई गर्ने सम्झौतालाई सन् २०२६ सम्म निरन्तरता दिइने उद्घोष समेत गरेको छ । नेपाली बजारमा समेत उपलब्ध यो टायरलाई ग्राहकले प्रिमियम ब्रान्डको टायरका रुपमा लिई आफ्नो सवारीसाधनमा प्रयोग गरिरहेका छन् । नेपालमा यसको टु ह्विलरदेखी, प्यासेन्जर कार, कमर्सियल भेहिकल र हवाई जहाज सम्ममा प्रयोग गर्न मिल्ने टायर उपलब्ध छ । अटोमोबाइल कम्पनी सिप्रद्धी अटो पार्टस्ले यसको आयत गरी कारोबार गरिरहेको छ ।
SHARE YOUR THOUGHTS