काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १७.१५ अंकले घटेर परिसूचक २६५०.९७ बिन्दुमा रोकिएको छ ।
मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आउँदा इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सगरमाथा इन्स्योरेन्स, सोल्टि होटल, यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा नेपाल दूरसञ्चार कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिगटी हाईड्रो इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS