
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा मंगलबार ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा मंगलबार २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS