![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा लगानीकर्ताको बढी ध्यान इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थामा परेको छ । इमर्जिङ नेपालको कारोबारका सकारात्मक सर्किट लागेको छ ।
इन्ट्र डे कारोबारमा निकै उतार चढाब देखिएको बजारमा अन्तिम समयमा १६.०४ अंकको सुधार देखिएको छ । बजार १६.०४ अंकले बढ्दा परिसूचक २६५०.७० बिन्दुमा रोकिएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको ६.८१, विकास बैंक ५६.७५, जीवन बीमा २६८.८८, माइक्रोफाइनान्स २६.३९, जीवन बीमा समूहको उपसूचक ८४.६५ अंकले बढ्दा जलविद्युत समूहको उपसूचक १३.२९ र फाइनान्स समूहको उपसूचक ७.८७ अंकले घटेको छ ।
कारोबारमा प्रभु इन्स्योरेन्सको संस्थापक समूहको सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँको किनबेच भएको छ ।
मंगलबार २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/image-27.png)
SHARE YOUR THOUGHTS