सीजीको नयाँ वर्षलाई लक्षित ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ स्कीम सार्वजनिक « Eglish Khabarhub

सीजीको नयाँ वर्षलाई लक्षित ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ स्कीम सार्वजनिक



नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजारसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सी.जी. ब्राण्डको यो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ ।

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा ५१९० बराबरको आकर्षक सी.जी.को स्पीकर र ५० इन्च सम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १५५० बराबरको सी.जी. भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् ।

यसैगरी, सी.जी. ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यो स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ÷ सिलिङ क्यासेट÷ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

यो आकर्षक योजना कम्पनीले यही चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने भएको छ ।

Publish on: