![](https://internal.appharu.com/wp-content/uploads/2022/03/20220326_100758-1-768x346.jpg)
काठमाडौं । शिवम् सिमेन्टले दोलखा जिल्लाको चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग ‘ग्राहक अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सम्बन्धीत निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।
निर्माण कार्य गरिरहेका ग्राहकहरुले निर्माण सम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्ध, प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ ।
शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक प्रथमबाट सम्मानीत भएको थियो ।
शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।
SHARE YOUR THOUGHTS