![](https://internal.appharu.com/wp-content/uploads/2022/03/020-Rachana-Reshami.00_00_39_26.Still003-768x432.jpg)
धादिङ । पृथ्वी राजमार्गको ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदि माथी जिपलाइन र स्काइ साइक्लिङ सन्चालनमा ल्याएको छ ।
काठमाडौंबाट ७० किलोमिटर दुरिमा रहेको पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सन्चालक उद्वब कंडेलले बताए ।
स्काइ साइक्लिङमा २ वटा ट्रयाक रहेका छन् । एउटा ट्र्याकमा एकजना खेल्न मिल्छ भने अर्कोमा जोडि नै एकैसाथ खेल्न मिल्छ कंडेलको भनाइ छ । दुबैजना खेल्न मिल्ने यो नै नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कंडेल बताउँछन् ।
दुइतर्फी दुरि ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिब्यक्ती १ हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप ५ सय रुपैयाँ लाग्ने कंडेलले जानकारी दिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/014-Rakshika-Pradhan.00_02_39_46.Still005-768x432.jpg)
रिसोर्टमा जिपलाइन नदि पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदि पारी ल्यान्डिङ हुन्छ । २०० मिटर लामो जिपलाइन खेल्न १ हजार रुपैयाँ र फोटो भिडियो बनाउन ५ सय लाग्ने रिसोर्टका सन्चालक कंडेलले बताए ।
जिपलाइन गरेर नदि पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ ।
पर्यटकलाई थप सुबिधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भइरहेको कंडेल बताउँछन् । जिपलाइन र स्काइ रोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कंडेलले बताए ।
SHARE YOUR THOUGHTS