![](https://internal.appharu.com/wp-content/uploads/2021/09/ipo-1-768x512.jpg)
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअुनसार आवेदन नपरेमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्
आइपओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ ।
SHARE YOUR THOUGHTS