एनआरएनएलाई प्रम देउवा र प्रचण्डको आग्रहः नेपालमा विदेशी लगानी भित्र्याउनु « Eglish Khabarhub

एनआरएनएलाई प्रम देउवा र प्रचण्डको आग्रहः नेपालमा विदेशी लगानी भित्र्याउनु


१६ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटीवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले एनआरएनहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिए । उनले एनआरएनहरु नेपालका अवैतनिक राजदूत भएको भन्दै उनीहरुलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे । देउवाले नेपालको विकासमा एनआरएनहरुले धेरै ठूलो योगदान पुर्याएको भन्दै सरकारको साथ सहयोग सदैव रहेको जानकारी गराए ।

भेटमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउँदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतका विषयमा पार्टी सकारात्मक रहेको बताए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त वृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न आग्रह गरे ।

भेटमा नवनिर्वाचित अध्यक्ष रबिना थापाले विदेशबाट फर्केर आएका महिलाहरुका लागि आश्रय गृह (शेल्टर) खोल्न सरकारले सहयोग गर्नुपर्ने बताइन् । अर्का नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले संघले कोभिडको बेला ५० देशमा २ हजार ५०० सय भन्दा बढी नेपालीहरुलाई सहयोग गरेको स्मरण गराए । संघले रुस–युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको जानकारी गराए ।

यस्तै मंगलबार एनआरएनएका पदाधिकारीहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष प्रचण्डले ३ जना अध्यक्ष रहेको संघको कार्यसमितिलाई नै सरकारले मान्यता दिने प्रष्ट पारे । उनले अहिलेको अवस्थामा गैर आवासीय नेपालीहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । ‘तीनै जना अध्यक्ष भन्दा कस्तो कस्तो सुनिए पनि गैर आवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले यसले नै सबैलाई गोलबद्ध गर्न सक्छ,’ उनले भने ।

भेटमा संघका पूर्व अध्यक्ष शेष घलेले सहमति भन्दा बाहिर गएर अर्को समिति गठन गरेको तर्फ एनआरएनएका पदाधिकारीले ध्यानाकर्षण गराए पछि अध्यक्ष प्रचण्डले घलेसँग आफ्नो भेट भएमा उनलाई पनि यतै आएर गोलवद्ध हुन अनुरोध गर्ने बताए । नेपालीहरु फुटेर भन्दा पनि जुटेर अघि बढ्दा नेपाल र नेपालीको हित र समृद्धि तथा विकास निर्माणको चाहनाले पूर्णता पाउने विश्वास उनले बताए ।

यस्तै, एनआरएनएलाई नागरिकता दिने सवालमा राजनीतिक दलहरुका बीचमा छलफल भइरहेको बताउँदै समस्या समाधानका लागि माओवादीको पनि सकारात्मक पहल गर्ने उनले बताए ।

प्रवासमा रहेका नेपाली नागरिकहरुलाई अनलाइनबाट भए पनि सहभागी गराउने विषयमा दलहरुका बीचमा छलफल भइरहेको बताउँदै आउँदो स्थानीय तहको निर्वाचनमा सम्भव नभए पनि आसन्न प्रदेश र संघीय संसदको चुनावका लागि प्रयास भइरहेको उनले जानकारी दिए । भेटमा अध्यक्ष प्रचण्डले एनआरएनएलाई नेपालमा लगानीको वाताबरण रहेको भन्दै लगानी भित्र्याउन आग्रह गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  १२ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping