राष्ट्रिय सहकारी बैंकले ‘लघु गोष्ठी’ गर्दै, सहकारीको पैसा सहकारीमै राख्न चुनौती « Eglish Khabarhub

राष्ट्रिय सहकारी बैंकले ‘लघु गोष्ठी’ गर्दै, सहकारीको पैसा सहकारीमै राख्न चुनौती


१७ चैत्र २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस-२०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान’ विषयमा लघु गोष्ठी आयोजना गर्ने भएको छ ।

चैत्र २० गते मनाईने ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको ६८ वटै शाखा कार्यालयहरु मार्फत चैत्र १८ देखि २१ गते सम्म ‘लघु गोष्ठी’ गर्ने बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए ।

उनका अनुसार गोष्ठी कार्यक्रम प्रत्येक शाखा कार्यालयहरुमा हुने छ, गोष्ठीमा बैंकका सञ्चालकहरु, शाखा समन्वय उप-समितिका संयोजक तथा सदस्यहरु, बैंकका सदस्य सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा संञ्चालकहरु सहभागि हुने छन् ।

अध्यक्ष उप्रेतीका अनुसार सहकारीको पैसा सहकारीमै राखी सहकारी क्षेत्रको साख जोगाउन अभिप्रेरित गर्न पनि यो गोष्ठी कार्यक्रमले सहयोग पुग्ने अपेक्षा छ ।

सहभागिहरु बीच बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजि) को अवस्थाका बारेमा सहभागिहरुको भोगाई, अवलम्बन गरेका नीति, संस्थाद्वारा गरिएका असल अभ्यासहरु, अपनाउनु पर्ने उपायहरुको बारेमा केन्द्रीत भएर छलफल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

कार्यक्रममा नेपालमा सहकारी सुदृढिकरणका समस्याहरु, राष्ट्रव्यापी तरलता समस्याका सम्भावित कारणहरू, तरलता संकटमा: नेपालका सहकारीको अवस्था, तरलता संकटबाट बच्न सहकारीले तत्काल अवलम्बन गर्नु पर्ने उपायहरुको विषयमा समेत छलफल हुनेछ । छलफलमा प्राप्त भएको सुझाव, गोष्ठीको निचोडको आधारमा बैंकले थप नीति तथा कार्यक्रम मार्फत योजना बनाउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार ००:००  ४ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping