निर्जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशतले बढ्यो, ८ महिनामा ३५ अर्बमाथि बीमाशुल्क संकलन « Eglish Khabarhub

निर्जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशतले बढ्यो, ८ महिनामा ३५ अर्बमाथि बीमाशुल्क संकलन



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् ।

फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । कम्पनीहरुले यस अवधिमा १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय २५.२५ प्रतिशतले बढी हो । गत आवको फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २० करोड रुपैयाँको व्यवसाय गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको फागुन महिनामा कम्पनीहरुले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क कसंकलन गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ८ महिनाको अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स परेको छ । शिखरले यस अवधिसम्मा ३ अर्ब १० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा धेरै बीमाशुल्क संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिमा २ अर्ब २२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ कुल बीमा आर्जन गरेको छ ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २९ करोड १६ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब १० करोड ७२ लाख, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ८ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ४ लाख, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल इन्स्योरेन्सले १ अर्ब ५ करोड २४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३ करोड २३ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

यी बाहेकका अन्य कम्पनीले भने अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्याङकअनुसार ओरियण्टल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सानिमा, जनरल र नेशनल इन्स्योरेन्सले अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

ओरियण्टल इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ८८ करोड ४७ लाख, एभरेष्ट इन्स्योरेन्सले ८१ करोड ९७ लाख, सानिमा जनरल इन्स्योरेन्सले ६३ करोड ७१ लाख रुपैयाँ ,जनरल इन्स्योरेन्सले ६१ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५७ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

Publish on: