![](https://internal.appharu.com/wp-content/uploads/2022/04/image-14-768x506.png)
काठमाडौं । सर्कल के इन्टरनेशनलले विद्यार्थीहरुलाई शैक्षिक सामग्रि सहयोग गरेको छ ।
संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ । संस्थाले स्थापना कालदेखि नै बालबालिकाको हक हितको विषयमा काम गर्दै आइरहेको जनाएको छ ।
सर्कल के इन्टरनेसनलले बाँके जिल्लाको चप्परगौड़ी स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरेर विद्यालयको पुस्तकालयको स्तर वृद्धि गरेको जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिनोद लम्सालले विद्यार्थीहरुबाट आएको नविनतम सोच र पुस्तकालयको स्तर उन्नतिको काम आफ्नो विद्यालयमा हुँदा निकै नै खुसि लागेको बताए ।
उक्त पुस्तक लैजाने ९ जना विद्यार्थीले पुस्तक लिए बापत ९ वटा विरुवा रुपेका छन् । वातावरण र शिक्षालाई संगै लैजाने अभियानमा सबै जोडिन संस्थाका अध्यक्ष अस्मिता सिग्देलले अनुरोध गरिन ।
SHARE YOUR THOUGHTS