![](https://internal.appharu.com/wp-content/uploads/2020/06/sagarmatha-insurance-photo.jpg)
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले पनि स्वीकृती गरिसकेको छ । अब यो प्रस्ताव वैशाख २८ गते बोलाइएको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/image-19-678x768.png)
SHARE YOUR THOUGHTS