अर्थतन्त्र ध्वस्त हुन लागेको छैन, तर उपचार गर्नुपर्छः सीएनआई « Eglish Khabarhub

अर्थतन्त्र ध्वस्त हुन लागेको छैन, तर उपचार गर्नुपर्छः सीएनआई



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुप्रसाद अग्रवालले भुक्तानी सन्तुलन नोक्सानमा जाँदा नेपालको अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

‘हाम्रो अर्थतन्त्र समस्याग्रस्त अवस्थामा पुगिसकेको छैन,’ अग्रवालले भने, ‘तर जसरी उच्चदरमा आयात बढेको छ त्यसले अर्थतन्त्रमा समस्या भने देखिएको छ। त्यसैले हामीले उपचार गर्नुपर्नेछ।’

उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गरे ।

‘यहाँ नेपालको अर्थतन्त्र श्रीलंका हुने लागेको अनावश्यक हल्ला गरिएको छ,’ अग्रवालले भने, ‘हाम्रो र श्रीलंकाको अर्थतन्त्रलाई तुलना गर्नै मिल्दैन । त्यसैले हामी चिन्तित हुनुपर्ने अवस्था छैन ।’

अग्रवालले नेपालमा मुद्रास्फिति उच्च दरमा नपुगेको, बेरोजगारीको समस्या एकै पटक नदेखिएको, बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नदेखिएको उनको भनाइ छ ।

‘हाम्रो अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले विभिन्न कदम चालिसकेको छ,’ अग्रवालले भने, ‘अझै पनि हामीले विभिन्न कदम चाल्नु पर्ने अवस्था पनि छ। त्यसका लागि हामीले सरकारसँग आग्रह पनि गरेका छौं ।’

अग्रवालले नेपालमा विदेशी मुद्राको सञ्चिति बढाउने विदेशी नगारिकलाई नेपालमा अपार्टेमेण्ट खरिद गर्न दिनुपर्ने, नेपाल कम्पनीमा लगानी गर्ने खोज्ने विदेशी नागरिकलाई लगानी गर्न दिनुपर्ने, एनआरएनलाई आइपीओमा लगानी गर्न दिनुपर्ने, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन सहुलियत दिनुपर्ने सुझाव दिइएको जानकारी दिए।

अग्रवालले नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको समेत बताए।

Publish on: