![](https://internal.appharu.com/wp-content/uploads/2019/07/share-market-down.jpg)
काठमाडौं । सेयर लगानीकर्ताको खुसी २४ घन्टा पनि टिक्न सकेन । मंगलबार बजारमा दोहोरो अंकको सुधार आएर खुसी बनेका लगानीकर्ता बुधबार भने बजारमा गिरावट आउँदा लगानीकर्ता दुःखी बनेका छन् ।
बुधबार बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै बजारमा लगानीकर्ता निरास बनेका थिए । यो दिन बजार मापन गर्ने सूचक ३६.७३ अंकले घटेर परिसूचक २३२०.५१ बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६९ अंकले घटेर ४४१.०८ बिन्दुमा रोकिएको छ ।
बुधबार २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ११.४२, विकास बैंक १०६.०९, जलविद्युत ५५.७१, वित्त ६६.९१, निर्जीबन बीमा १६९.८३, माइक्रोफाइनान्स ७३.५१, जीवन बीमा समूहको उपसूचक २४६.४७ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/market.jpg)
SHARE YOUR THOUGHTS