![](https://internal.appharu.com/wp-content/uploads/2021/07/market-markets-stock-market-stock-stocks-rise-stock-rally-1608188452-80872620-768x575.jpg)
काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार सेयर बजार अन्तिम समयमा फर्किएको छ ।
बिहीबार कारोबार सुरुभएपछि गिरावट आएको बजार अन्तिम समयमा भने फकिर्एको छ । जसले लगानीकर्ताको केही न केही खुसी फर्किएको बताएका छन् ।
बिहीबार बजार मापन गर्ने सूचक ४.४९ प्रतिशतले बढेर परिसूचक २३२५.४५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०६ अंकले बढेर ४४३.१४ बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । होटल तथा टुरिजम ३०.९८, विकास बैंक ३५.१२, जलविद्युत १०.६१, उत्पादन तथा प्रशोधन १३.४२, अन्य ३५.८५, माइक्रोफाइनान्स ६.७६, जीवन बीमा समूहको उपसूचक ७४.१४ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको उपसूचक ४.५८ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/04/image-20.png)
SHARE YOUR THOUGHTS