
काठमाडौं । अर्थसचिव मधु मरासिनीले नेपाल निर्माण व्यवसायी महासंघको निर्माण कार्य बन्द गर्ने निर्णय कार्टेलिङ भएको बताएका छन् ।
नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटमाथीको छलफल कार्यक्रममा मरासिनीले व्यवसाय गर्ने व्यक्तिले जोखिम लिन नसक्ने हो भने जागीर खानु पर्ने बताए ।
‘व्यवसाय त जोखिम लिनै गर्नु भएको होला । व्यवसायीक संस्था राष्ट्र निर्माणका लागि स्थापना भएको हो कि कार्टेलिङ गर्ने? मरासिनीले भने, ‘सानो जोखिम हुने बित्तिकै व्यवसाय बन्दै गर्ने बाटोमा जानू भएन। तपाईंहरूले चाह्यो भने प्रधानमन्त्री र मन्त्रीलाई सहजै भेट्न सक्नु हुन्छ । तर, बजार मूल्य बढ्यो भन्दैमा निर्माण होलिडे गर्नु भएन।’
पछिल्लो समय निर्माण सामाग्रीको मूल्य बढेको भन्दै आइतबारदेखि नेपाल निर्माण व्यवसायी महासंघ निर्माण होकिडे गर्ने घोषणा गरेको छ।
निर्माण कार्य ठप्प हुँदा चालु आर्थिक वर्षमा लक्ष्य भन्दा निकै कम बजेट खर्च हुने सम्भावना छ।
निर्माण व्यवसायीले बजारमा बढेको मूल्य अनुसार मूल्य समायोजन गर्नु पर्ने माग गरेका छन् ।
SHARE YOUR THOUGHTS