विमानस्थलका सरसफाइकर्मी सुन तस्करीमा संलग्न, ५ जना पक्राउ « Eglish Khabarhub

विमानस्थलका सरसफाइकर्मी सुन तस्करीमा संलग्न, ५ जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३३२ ग्राम सुन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका–४ स्थायी वतन भएका २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् ।

दुबईबाट काठमाडौं आएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत सरसफाई गर्न खटिएका भिम कुमारले विमानको शौचालयभित्रबाट फोहरसँगै सुनको विस्कुटहरु बाहिर ल्याएका थिए । उनीसँगै काम गर्ने सुमनसँग बाँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा भिम कुमारको पर्सभित्र १० थान र सुमनको पर्सभित्र १० थान सुन बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले राजेशले भने बमोजिम उक्त कार्य गरेको खुल्न आएपछि राजेशलाई समेत विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साथै राजेशलाई दुबईमा बस्ने रमेश उप्रेती भन्ने व्यक्तिले सुन पठाउने गरेको र उक्त सुन राजेशले भिम कुमार मार्फत संकलन गरी ट्याक्सी चालक हेम बहादुरलाई जिम्मा लगाउने गरेको खुल्न आएपछि हेम बहादुरलाई समेत विमानस्थल नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

हेम बहादुरले उक्त सुन राजेशबाट लिएर रमेश उप्रेतीले भने बमोजिमको व्यक्तिलाई बुझाउने गरेको र त्यस बापत उनीहरूले केही रकम पाउँदै आएको खुल्न आएको छ ।

साथै, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत विमानभित्र सरसफाई गर्नेरगराउने भनी सुपरभाईजरको रुपमा खटिएका ताराकान्त चौधरीको समेत मिलेमतोमा भिम कुमार र सुमनले अनुकूल वातावरण मिलाई गैह्रकानूनी रुपमा सुन चोरी पैठारी गर्दै आएको खुल्न आएको छ । उनीहरूलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ००:००  ३ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping