‘विद्युत आपूर्ति नहुँदा उद्योग चलाउनै नसक्ने, मंगलबारसम्म समाधान नभए आन्दोलन’ « Eglish Khabarhub

‘विद्युत आपूर्ति नहुँदा उद्योग चलाउनै नसक्ने, मंगलबारसम्म समाधान नभए आन्दोलन’


१८ बैशाख २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बिना जानकारी विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ का व्यवसायीहरुले यस्तो बताएका हुन् ।

‘अहिलेको अवस्थामा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न बाध्य हुने छौं’ तीन वटै संगठनले जारी गरेको विकज्ञप्तिमा भनिएको छ, ‘यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दै आगामी मंगलबारसम्म हाम्रा मागहरुको उचित सम्बोधन भएन भने चरणबद्ध आन्दोलन गर्न बाध्य हुने व्यहोरा समेत अनुरोध गर्दछौँ ।’

विगत केहि दिनदेखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएकोमा गत दुई दिन देखि २४ सैं घण्टा विद्युत आपूर्ति ठप्प भएकोप्रति तीन वटै संगठनको ध्यानाकर्षण भएको जनाएका छन् ।

उद्योग संचालनमा अक्सीजनको भूमिका निर्वाह गर्ने विद्यूतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनैपनि तालिका सार्वजनिक नगरी पटक–पटक आपूर्ति बन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको उद्योगीहरुको भनाइ छ ।

यसका लागि तीन वटै संगठनले सरोकारवाला पक्षलाई ५ वटा सुझाव समेत दिएका छन् । जसमा लोडसेडिङ्गको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नु पर्ने, विद्युतको न्यायोचित वितरण गर्नु पर्ने, विद्युतको डिमान्ड शुल्क सम्बन्धमा र कुटनैतिक पहलबाट समाधान खोज्नु पर्ने रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ११ : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping