सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता « Eglish Khabarhub

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजार भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिटयान्स कारोबार गर्न सकिने बताइएको छ ।

Publish on: