
काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि १२ बुँदे सुझाव दिएको छ ।
एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघमार्फत बजेटका लागि सरकारलाई सुझाव दिएको हो ।
एसोसिएसनले विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्स पठाउनेहरुलाई दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट दिनुपर्ने माग गरेको छ ।
साथै, गैरआवासीय नेपालीहरुको दोस्रो बजार प्रवेशलाई सहज बनाउने तथा निश्चिति समय तोकि त्यस्तो लगानीबाट सिर्जित पुँजीगत लाभकरमा सहुलियत प्रदान गर्नुपर्ने र विदेशी संस्थागत लगानिकर्तालाई दोस्रो बजार लगानीमा बाटो खुल्ला गर्ने गरी नीतिगत व्यवस्था गर्न संघको सुझाव छ ।
एसोसिएसनले निकट भविश्यमा नै इन्ट्रा डे कारोबार तथा फाइनान्सियल डेरिभेटिभ्सको कारोवार सन्चालन ल्याउन, आयोजना प्रभावित क्षेत्रका लगानीकर्ता बाहेकका आइपीओमा प्यान अनिवार्य गरी करको दायरा बढाउने तथा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने सुझाव दिएको छ ।
SHARE YOUR THOUGHTS