![](https://internal.appharu.com/wp-content/uploads/2022/05/election-768x550.jpg)
काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबारभएको मतदानमा २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको छ ।
SHARE YOUR THOUGHTS