![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Screen-Shot-2022-05-15-at-12.51.31-768x428.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार ३३९ पुगेको छ ।
उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको मत भने ३ हजार ८६२ मात्रै रहेको छ ।
साह र स्थापितको मतान्तर ३ हजार ४७७ रहेको छ । साहले स्थापितको भन्दा अहिलेसम्म ३ हजार ४७७ मत बढी ल्याएका छन् ।
साहले मतान्तर क्रमैसँग बढाउँदै गएका छन् । त्यसैगरी, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ सय ५८ मत पाएकी छिन् ।
SHARE YOUR THOUGHTS