मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबारको कारोबारमा दोहोरो अंकको गिरावट, कारोबार रकम करोडमा झर्यो


काठमाडौं । पहिलो पटक शुक्रबार भएको सेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ ।

सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुन थालेको छ । शुक्रबार भएको कारोबारमा बजारमा दोहोरो अंकको गिरावट आएको हो । बजारमा १५.८२ अंकको गिरावट आएर परिसूचक २२३५.०९ बिन्दुमा रोकिएको छ ।

२२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ६.५१, विकास बैंकको ३३.०२, वित्त कम्पनी १५.३५, जलविद्युत ९.४७, जीवन बीमा १२२.७७, माइक्रोफाइनान्स १४.२४, निर्जीबन बीमा समूहको उपसूचक १३९.४३ अंकले घटेको छ ।