![](https://internal.appharu.com/wp-content/uploads/2022/05/balen-keshav-and-sirjana-768x432.png)
काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै गएका छन् ।
१ लाख ६ हजार ३५२ मत गणना गरिएको छ । उक्त मत गणना हुँदा साहले ३८ हजार ३३३ मत पाएका छन् ।
उनले नेपाली काँग्रेसकी सृजना सिंहलाई १७ हजार ३४ मतले पछि पारेका छन् । सिंहले २१ हजार २९९ मत पाएकी छिन् ।
तेस्रो स्थानमा रहेका स्थापितले २१ हजार ८ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS