![](https://internal.appharu.com/wp-content/uploads/2020/05/umesh-shrestha.jpg)
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नीति र कानूनमा सुधार गर्न उद्योगीले लबिङ गर्नु पर्ने बताएका छन् ।
हुन त म आफैं सरकारमा छु तर पनि नीति परिवर्तन गर्न तपाईंहरूले लबिङ गर्नु पर्छ,’ श्रेष्ठले भने ।
उद्योगीलाई सम्मान नगर्दा सम्म देश बन्न नसक्ने बताएका श्रेष्ठको भनाइ छ ।
उद्योगले खरिद गरेको जग्गा धितो राख्न नदिने, बिक्री गर्न पनि नदिने नीतिले उद्योग कसरी स्थापना हुन्छ ?’ राज्यमन्त्री श्रेष्ठले भने, ‘नेपालमा हातखुट्टा बाँधेर उद्योग चलाउ भनिएको छ। त्यसले उत्पादनमुलक उद्योगको संख्या घटेको छ। केही प्रोसेसिङ उद्योगमात्रै संचालनमा रहेका छन् ।’
सरकारले उद्योगलाई सुविधा दिन नसकेको र अन्तरमन्त्रालय समन्वय हुन नसकेको उनले स्वीकार गरे ।
उद्योग स्थापना गर्दा जग्गा खरिद गर्ने विषयमा कानूनमा समस्या भएको भन्दै त्यसमा सुधार गर्नु पर्ने श्रेष्ठले बताए ।
‘सरकारले उद्योगीलाई कमाउ कर तिर भन्ने वातावरण बनाउनु पर्छ,’ श्रेष्ठले भने ‘तर जहाँ पनि कडाइ गरेर हुँदैन ।’
SHARE YOUR THOUGHTS