![](https://internal.appharu.com/wp-content/uploads/2017/08/Budi_Gandaki_Rivers.jpg)
काठमाडौं । सरकार आफैले बुढिगण्डकी जलविद्युत आयोजना बनाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।
यसअघि २०७२ मा केपी ओलि नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेको थियो । अहिले सरकार आफैले बनाउने भएको छ ।
पश्चिम सेती आयोजना, तल्लो अरुण परियोजना र सेती रिभर–६ को निर्माण कार्य पनि सुरु हुने भएको छ ।
SHARE YOUR THOUGHTS